काठमाडौं- नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा बृद्धि भएको छ ।
बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।
बिहीबार चाँदीको भाउमा प्रतितोला २० रुपैयाँले बृद्धि हुँदा प्रतितोला १४६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९ १२:०९