काठमाडौं- सयपत्री हाइड्रोपावरले बिहीबारदेखि साधारण सेयर (आईपी) बिक्री खुलाएको छ ।
कम्पनीले आयोजना प्रभावितका लागि १०० सय रुपैयाँअंकित तीन करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो ।
सयपत्री हाइड्रोपावरको कूल चुक्ता पुँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको छ । जसमध्ये ३० प्रतिशत अर्थात ९ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको छ ।
यसमध्ये तीन लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो ।
यस्तै बाँकी ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाइने छ ।
जसमध्ये १२ हजार कित्ता आईपीओ कर्मचारीलाई र ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
कम्पनीले बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिकाका लागि आईपीओको बिक्री खुलाएको हो ।
यस्तै गल्कोट नगरपालिकाका स्थानीयवासीले समेत आईपीओमा आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९ १२:१७