काठमाडौं- एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभासम्पन्न भएको छ ।
उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गर्नुका साथै सम्पत्ति दायित्व मुल्याङ्कन कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित समेत पारित गरेको छ ।
सभाले मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव समेत पारित ग¥यो ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९ १४:५२