काठमाडौं- पश्चिम ठमेल पर्यटन परिषदको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गोकर्ण हाउस रेस्टुरेन्ट पंक्जोल काठमाडौंमा सम्पन्न भएको हो ।
यस कार्यक्रममा पश्चिम ठमेल पर्यटन परिषदका अध्यक्ष सन्तोष पांडे, काठमाडौं महानगरपालिका वडा नं १६ का अध्यक्ष मुकुन्द रिजाल, सदस्यहरु हर्क बहादुर खाती, शारदा सुवेदी तथा मनिता दियालीलाई समान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष महा–सचिव सन्दिप गिरी लगाएत स्रोहखुटे् प्रहरी वृतबाट खटिएका डिएस्पीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले पर्यटन क्षेत्रमा र १६ नं वडाको बासिन्दामा के–कस्ता समस्या छन् सो समस्यालाई लिखित रुपमा टिपाउन आग्रह समेत गरे । उनले बाटोघाटोको समस्या , सिसि क्यामेरा जडान गर्ने देखि फोहोर मैलाको समस्यालाई उचित समाधान गर्ने र यस कार्यमा सबै जना एक जुट भएर वडामै सुल्झाउन निर्देशन समेत गराएका थिए ।
कार्यक्रममा बोल्दै परिषदका पांडेले पुन पाँच वर्ष पछि निर्वाचित भएको अध्यक्ष रिजाललाई १६ नं वडाले साचिकै राम्रो प्रतिनिधि पाएको बताए । उनले रिजालले गरेको कामको प्रशसा समेत गरेका थिए । उनले भने, ‘जनताको सुख, दुखमा साथ दिनुका सार्थे सामाज विकास , पर्यटन क्षेत्रमा र कोभिड महामारीमाका बेला यस क्षेत्रलाई धारासायीबाट जोगाउन उनको ठुलो योगदान रहेको छ ।’ रिजालले सो बेला घर भाडा छुट गर्ने देखि गरिब तथा विपन्न वर्गलाई खानाको समेत उचित व्यवस्था गरेको बताए ।
रिजालले फेरी पनि यस्ता खालका समस्या आएमा आफु अभिभावकको रुपमा रहेर सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा परिषदका पदाधिकारी राजेन्द्र कुवर लगायत पर्यटन व्यवसायीको बाक्लो उपस्थिती रहेको थियो ।