काठमाडाैं - महालक्ष्मी बैंकका ग्राहकलाई कालिज गार्डेन इको रिसोर्टमा छुट दिने भएकाे छ ।
ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडा-११ स्थित कालिज गार्डेन इको रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरि छुट दिने भएको छ ।
उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएकाे छ ।
बैंकका अनुसार प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९ ११:४१