एकपटकमा एउटा अनौठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमसतीका लागि कलेजका केहि केटाहरु आएका थिए । ती केटाहरु आ—आफुले मन पराएका केटीहरु लिएर कोठमा गए । तीमध्येकै एउटा केटाले मलाई रोज्यो । मेरो कोठामा आयो । त्यति बेला म त कलिलै थिएँ । भर्खर बच्चा जन्मिएकाले मेरो स्तनबाट दूधका धारा चुहिरहेको हुन्थ्यो । निपल अलिकति निचोर्दा नै दूध चुहिन्थ्यो । कलेजको त्यो भर्खरको केटाले मेरो छातीमा त्यसरी दूध बगेको देखेछ । ऊ निकै आश्चर्यचकित भयो । उसले भन्यो, ‘मलाई तिमीसँग अरु केहि गर्नु
छैन । बस मलाई यो दूध खान देऊ ।’ ‘के नचाहिंदो कुरा गछौ !? ’ बर्बराउँदै भने—‘क्या ! खुसकेटहरु आउँछन् ।’ ‘होइन , मैले तिमीसँग मजाक गरेको होइन ! मलाई दूध खान देऊ !’ उसले भन्यो । ‘किन त्यसो भनेको ?’ मैले जिज्ञासा राखें । ‘मैले आजसम्म आमाको दूध खाएको छैन । अबदेखि तिमी मेरा लागि आमा समान हौ । म तिमलिाई आमासरह सम्मान गर्छु । प्लिज, मलाई दूध खान देऊ’ उसले भन्यो । मेरो लागि त्यो बडा अनौठो प्रस्ताव थियो । सुरुमा त मलाई ‘कस्तो दिमाग खलबलिएको ग्राहक आयो,’ भन्ने लागेको थियो । सुरुमा एकदम रिस पनि उठ्यो । तिमीलाई मैले दूध चुसाउनैपर्छ भन्ने छ ? जे कामको लागि आएको हो त्यही गर,’ मैले रिसाउँदै भने । ‘मलाई, यहाँ यस्तो काम काम हुन्छ भन्ने थाहा थिएन । म त केटाहरुको लहलहैमा लागेर आएको । यहाँ आएपछि तपाईलाई भेट्दा मेरी आमा भेटेजस्तो लाग्यो । मैले आजसम्म आमाको दूध खान पाएको
थिइनँ, त्यसैले स्तनपान उसले मलाई तीन—चार पटक धन्यवाद दियो । उसले के पनि भन्यो भने उसको बाल्यकाल डिब्बाको दूधको भरमा वितेको
रहेछ । उसले पहिला पटक कुनै आमाको दूध चुस्न पाएको रहेछ । उसका कुरा सुनेर एकाएक मेरा आँखा रसाए । तपाईलाई आमा बनाउन चाहेको हुँ ।’ उसले भाबुक हुँदै भन्यो । उसको कुरा सुनेपछि म पनि अलि भावुक भएँ । यदि कसैको मलाई ‘आमा’ सम्बोधन गरेर सतनपानको याचना गरिरहेको छ भने त्यस्तो बेला के गर्ने ? म केहि पल अलमलमा परेकी थिएँ । आखिर मलाई लाग्यो, जब उसले मलाई आमा नै भनिसकेको छ भने उसलाई छोरा मानेर स्तनपान गराउन केको आपत्ति ? खै कुन अन्तप्रेरणाले हो, मैले उसलाई स्तनपान गराएँ । कुनै पनि स्त्री र परुषबीच सम्बन्धका विविध आयाम
हुन्छन् । त्यो केटाले हाम्रो सम्बन्धलाई यौनकर्मी र ग्रहाकको सम्बन्धबाट माथि उठाएर एकैचोटि आमा र छोराको सम्बन्धमा पु्याएको थियो । कामवासना बाट एकैचोटि माथि उठेर उसको मबाट ‘मातृवात्सल्य’ को चाहना प्रकट गरिरहेको थियो । स्तनपानपछि उसले मलई तीन—चार पटक धन्यवाद दियो । उसले के पनि भन्यो भने उसले बाल्यकाल डिब्बाकै दूधको भरमा बितेको रहेछ । उसले पहिलो पटक कुनै आमाको दूध चुस्न पाएको रहेहछ । उसका कुरा सुनेर एकाएक मेरा आखाँ रसाए । दूध चुसेर ‘छोरा’ त गईहाल्यो, तर त्यो अनौठो घटनाले यता ‘आमा’ लाई पछि सम्म पिरोलिरह्यो, भाबुक बनाईरह्यो । आखिर त्यो त उच्च चेतना भएका मानिसहरु पनि कहिलेकाहिं बरालिएर कोठासम्म आईपुग्दा रहेछन् । आफ्नो विवेक, करुणा र पे्रम प्रकट गरेर जादाँ रहेछन् । मैले नजन्माएको त्यो ‘छोरो’ आज कहाँ होला , मलाई थाहा छैन । तर जहाँ भए पनि त्यो छोरोलाई यो आमाको सदा आर्शिवाद रहनेछ । — कान्तिपुर दैनिकबाट
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १६:३५