काठमाडौं - दलित र बाहुनको दर्दनाक प्रेमकथा ‘रुँदा रुदै’ सार्वजनिक भएको छ । ‘पीर’ गीत जस्तै सामाजको यर्थाथमाथि प्रहार गरिएको ससक्त गीत गायक भक्त प्रधानको स्वरमा ‘रुँदा रुदै’ सार्वजनिक भएको हो ।
यस गीतले एकल महिलाको आवाज बेजोड रुपमा उठाएको छ । सुरविर पण्डित, रस्मि भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय रहेकाे छ । भिडियोले दलित र बाहुन समुदायको प्रेम र एकल महिलाको पिडा देखाएको छ ।
महिला तथा एकल महिलाको आवाज उठाउने एन्जियोर आइएन्जियो शहर केन्द्रित भएको कारण गाउँघरमा एकल महिला अझै दर्दनाक पिडा भोग्न बाध्य भएको कथा भिडियोले देखाएको छ । भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुन् ।
एकल महिलाले पनि आफ्नो इच्छा अनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनुपर्छ भन्ने सन्देश भिडियो मार्फत आफुले दिन खोजेको निर्देशक कोइरालाले बताए ।‘महिलाको बिषयमा काम गर्ने बिभिन संघसंस्था छन् । ति सबै शहर केन्द्रीत बढी देखिन्छ’ निर्देशक कोइरालाले भने ‘एकल महिलाको विषयमा कामगर्ने संस्था पनि दुर्गम पुग्न सकेको छैन ।’
भिडियोले महिलाको बिषयमा काम गर्ने संस्थालाई झकझक्याउने र गाउँमा पुर्याउन मद्दत गर्ने कोइरालाको धारणा रहेको छ ।भिडियोले एकल महिलाले जिन्दगी जोसँग काट्न मन छ । त्योसँग काट्न समाज किन बाधक ? भन्ने पश्न समेत उठाएको छ ।
नितेश राईको शब्द तथा संगीत रहेको गीतको एरेन्जर राजु कार्कीले गरेका हुन् ।दीपक गिरीको छायांकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९ १२:४६