काठमाडाें - कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी समाूहिक लगानी कोष अन्र्तगत संचालन हुने कुमारी धनबृद्धि योजनामा अधिक दरखास्त परेकाे छ ।
कुमारी क्यापिटलको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी समाूहिक लगानी कोष अन्र्तगत संचालन हुने कुमारी धनबृद्धि योजनाको प्रति इकाई रु १०/– दरको १२ करोड इकाईको लागि मिति २०७९/०२/१२ देखि २०७९/०२/२६ गते सम्म निष्काशन तथा विक्री खुल्ला गरिएकोमा माग भन्दा अधिक दरखास्त दरखास्त परेकाे हो ।
सामूहिक लगानीकोष निर्देशिका २०६९ को दफा १५(४) मा र विवरण पुस्तिकाको बुँदा ४ २(घ) मा भएको व्यवस्था अनुसार अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको इकाई १२,२५,०७,२५९ इकाई बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ (पन्ध्र) प्रतिशत विजपूँजी वापतको १,८३,७६,०८९ इकाई कोष प्रवद्र्धक कम्पनीलाई बाँडफाँड गरिएको बैंकले जनाएकाे छ ।
बैंकका अनुसार बाँकी रहेको १०,४१,३१,१७० इकाई मिति २०७९/०३/०३ गते शुक्रबारका दिन विहान ११ः०० बजे कुमारी क्यापिटल लिमिटेड, नागपोखरी १, नक्साल, काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी जम्मा आवेदन दिने १,३९,१३९ जना मध्ये रितपुर्वक आवेदन दिनुहुने १,३९,०९३ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरेको र दोहोरो आवेदन दिने ४६ जना आवेदकहरुको आवेदन रद्द गर्ने निर्णय भएकाे छ ।
यसरी बैंकले इकाई १०० देखि १००,००,००० सम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड गरेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९ १५:१०