काठमाडाैं - नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ३२औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल रेडक्रश सोसाइटीसँगको सहकार्यमा सचिवालय भवन सानो खरिबोट शान्तिनगरमा रक्तदान कार्यक्रम आयोजना गरी आनले शुक्रबार आफ्नो ३२औँ वार्षिकोत्सवमा सम्पन्न गरेको छ ।
कार्यक्रममा आनका वर्तमान तथा संघका पुर्व पदाधिकारी, सदस्य एजेन्सी र विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति रहेकाे थियो ।
साे रक्तदान कार्यक्रमबाट ५७ पिन्ट रगत संकलन गरेको आनले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९ १७:०६