काठमाडौं– एकताका बलिउड अभिनेत्री रानी मुखर्जीको जगजगी थियो । त्योबेला उनी बलिउडमा ‘मोस्ट सक्सेसफुल हिरोइन’को टप लिस्टमा थिइन् । यिनै प्रभावशाली अभिनेत्रीले एकपटक फेरी आफूलाई ‘प्रतिभाशाली अभिनेत्री’को रूपमा उभ्याएकी छन् ।
पछिल्लो समय रानी बलिउडमा कममात्र देखिँदै आएकी छन् । लामो समयको अन्तरालपछि हालैमात्र उनी फिल्म ‘हिचकी’मा देखिएकी थिइन् । जुन फिल्मबाट रानीले ‘प्रभावशाली अभिनेत्री’को अवार्ड जितेकी छन् । अवार्ड पाएसँगै रानीको बलिउडाम एकपटक फेरि चर्चा चुलिएको छ ।
साउथ–ईस्ट एशियामा आयोजित अवार्ड कार्यक्रममा रानीले ‘द मोस्ट इन्ङ्खलुएन्सियल सिनेमा पर्सनालिटी अवार्ड’ हात पारेकी हुन् । सिद्धार्थ मल्होत्रा निर्देशित फिल्म ‘हिचकी’मा रानीको दम्दार अभिनयका लागि उक्त अवार्ड पाएकी हुन् ।
फिल्म ‘हिचकी’ भारतलगायत अन्य देशमा समेत रुचाइएको थियो । उक्त फिल्मले करिब २५० करोड बक्स अफिस कलेक्शन गरेका थियो । प्रभावशाली अभिनेत्रीको अवार्ड पाएपछि रानीले भनिन्, ‘मोस्ट इन्ङ्खलुएन्सियल सिनेमा पर्सनालिटी अवार्ड मेरो लागि एकदमै ठूलो कुरा हो । वास्तवमै म भाग्यमानी हुँ, मलाई यस्तो फिल्म खेल्ने मौका मिल्छ, जसले मलाई प्रेरणा मिलिरहेको हुन्छ ।’
भारतीय मिडियामा अनुसार रानी चा“डै यशराज फिल्म्सको ‘मर्दानी–२’मा देखि“दैछिन् । यो फिल्म २०१४ मा रिलिज भएको ‘मर्दानी’को सिक्वेल हो । यो फिल्म आउँदो यही वर्षको १३ डिसेमम्बरमा रिलिज हुँदैछ ।