काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् ।
साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलबाट लडेको भिडियो क्लिपमा देखिएको छ ।
उनी लडेसँगै उनीसँग यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए ।
उनले लगाएको जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका कारण लडेको बताईएको छ ।
बाइडेनले उठेर आफू ठीक रहेको बताए । ह्वाइटहाउसका एक अधिकारीले उनको स्वास्थ्य ठीक रहेको र उनलाई कुनै स्वास्थ्य हेरचाह आवश्यक नरहेको बताएको छ ।
उक्त घटनाको भिडियो अलिे सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ७९ वर्षीय बाइडेन अहिले अमेरिकी राज्य डेलावेयरमा बिदा मनाइरहेका छन् ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ ११:३२