काठमाडौं- आइतबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।
छापावाल सुनका मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ कायम हुँदा तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा आइपुगेको छ ।
अघिल्लो कारोबार दिन शुक्राबार छापावाल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ थियो ।
यस्तै तेजावी सुनको मूल्य ९७ हजार ३ सय र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ थियो ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ १२:४८