नेपालगज -
मान्छे निधन भएर गाडेको चार बर्ष पछि पनि जस्ताको तस्तै भेटिए भन्दा कतैको दन्त्य कथा सुनेको अनुुभुति हुन सक्छ पाठकहरुलाई । तर कथा होईन पाठक बृन्द । यो बास्तविक कथा हो । एक जना मृत व्यक्तिको शव चार बर्ष पश्चात पनि जस्ताको तस्तै भेटिएको छ । कुरा बाँके बेतहनी गाविसको हो जहाँ ४ बर्ष पहिले नँै मृत्यु भएका एक जनाको शव यहि साउनमा जमिनबाट बाहिर आएको खबर स्थानीयहरुले सुने पत्यारै नलाग्ने यस्तो खबर तिर पहिले त कसैले पनि चासो देखाएनन् । तर बिस्तारै थाहा भयो त्यो साँचो रहेछ । स्थानीयहरुले दिएको जानकारी अनुसार जमिनबाट बाहिर आएको शव ४ बर्ष अगाडी जमिन मुनि दफन गरिएको थियो । जस्तो अवस्थामा दफन गरिएको थियो जस्ताको त्यस्तै शव बाहिर आउँदा सबै तिनछक परे । बेतहनी गाविस स्थित मुस्लिमहरुको कब्र्रस्थानमा भएको सो अपत्यारिलो दृश्य हेर्न हजारांैको सँख्यामा मानिसहरुको त्यहाँ भिड लागेको स्थानीयहरुले बताए । आफ्नै गाउँमा यस्तो अपत्यारीलो घटना देखिएपनि स्थानीय युवाहरुले सो समाचारलाई सामाजिक सञ्जाल मार्फत भाईरल बनाएका थिए । दफन गरिएको चार बर्ष पश्चात उनको शव बाहिर देखिएपछि पुनः जनाजाकोनमाज पढेर दफन गरिएको बताईएको छ । यो घटनाले सबैलाई चकित बनाएको मुस्लिम अधिकारका क्षेत्रमा क्रियाशिल थर्ड एलाईन्स नेपालगञ्जका प्रमुख आलम खानले बताए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १६:४१