एजेन्सी-अभिनेत्री प्रिंयका चोपडाले फादर्स डेमा पति निक जोनास र छोरी मालती मारीलाई जुत्ता उपहार दिएकी छन् ।
प्रियंकाले फादार्स डे विशेष बनाउँदै निक र छोरी मालतीलाई मिलदो स्नीकर्स उपहार दिएकी हुन् ।
प्रियंकाले इन्स्टाग्राममा पोस्ट गर्दै मिठो नोट पनि लेखेकी छिन्,‘हेप्पी फदर्स डे मेरो माया। तिमीलाई हाम्रो सानी केटीसँग हेर्न पाउनु मेरो लागि सबैभन्दा ठूलो खुशी हो। म तिमीलाई माया गर्छु।’
निक जोनसले पनि आफ्नो इन्स्टाग्राम ह्यान्डलमा सोही तस्विर शेयर गर्दै आफ्नी श्रीमती प्रियंका चोपडालाई उपहारका लागि धन्यवाद दिएका छन् । उनले लेखे,‘मेरी सानी केटीसँग पहिलो फादर्स डे। अविश्वसनीय फादर डटर स्नीकर्स र मलाई ड्याडी बनाएकोमा तिमीलाई धेरै माया गर्छु धन्यवाद। सबै बुबा र हेरचाह गर्नेहरूलाई फादर्स डेको शुभकामना।’
निकको लागि भने यो पहिलो फादर्स डे रहेको थियो । यी दम्पतीले आफनी छोरी मालती मारीला चोपडा जोनासलाई गत जनवरीमा स्वागत गरेका थिए ।