काठमाडौं- अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला नयाँ फिल्म निर्माणको काममा जुटेकी छन् ।
उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘छोडपत्र’ राखिएको छ । यस फिल्मलाई रोहित अधिकारीले बनाउन लागेका हुन् ।
‘छोडपत्र’ यसै वर्षमा निर्माण हुने फिल्म हो । जसको अहिले लेखनको कार्य धमाधम भइरहेको छ ।
रोहितको पूर्ण लगानीमा बन्ने फिल्म कमेडी जनरामै निर्माण हुन लागेको हो ।
जसको कथामा डिभोर्सका बिषयबस्तु छनौट गरिएको बताइन्छ ।
अहिले यस फिल्मको कलाकार र प्राविधिक छनैटको काम भइरहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९ १२:३१