काठमाडौं-राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन ९राप्रविसं० नेपालले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
सरकारले आइतबार रातिदेखि डिजेल र पेट्रोलको मूल्यवृद्धि गरेपछि संगठनले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई आन्दोलनको चेतावनी दिएको हो ।
मूल्यवृद्धि तत्काल फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्न पनि राप्रविसं नेपाल तयार रहेको र यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने संगठनको भनाइ छ ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले स्वतः सबै क्षेत्रमा मूल्यवृद्धि हुने र आम जनताले यसलाई धान्न नसक्ने अवस्था आउनुअघि पेट्रोलियम पदार्थमा लगाइएको मूल्यवृद्धि फिर्ता लिन राप्रविसं नेपालले सरकारसँग माग गरेको छ ।
देशको आर्थिक अवस्था दयनीय बन्दै गएको अवस्थामा पेट्रोलियम पदार्थमा गरिएको पटक(पटकको मूल्यवृद्धिले महँगी आकासिने थाहा हुँदाहुँदै मूल्यवृद्धि गर्नु आपत्तिजनक भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९ १२:४९