काठमाडौं– नेशनल लाइफ इन्स्यारेन्सको घज्ञऔं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रेमा सिंहको सभापतित्वमा सम्पन्न साधारण सभाले आ.व. ०७४÷०७५मा कम्पनीले कूल रु. ६४४.७६ करोड बीमाशुल्क संकलन भएको र रु. २०५ करोड कूलदावी भुक्तानी गरेको एवम् रु.४७ करोडको खुद मुनाफा आर्जन गरेको बताइएको थियो । साधारण सभामा अध्यक्ष सिंहले आ.व.०७४÷०७५को अन्त सम्ममा कम्पनीको कुल लगानी २३.५४ प्रतिशतले बृद्धि भई रु.२०,९५ करोड पुगेको कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २४.१६ प्रतिशतले बृद्धि भई २०७५ असार मसान्त सम्ममा रु. २१ अरब ४७ करोड पुगेको जानकारी गराइन् ।
सभामा अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र चुक्ता पूँजी रु.३ अरब नाघेको जानकारी गराइन् । कम्पनीले आ.व.२०७४÷०७५ को बीमाङ्कीय मूल्याङ्कनमा राम्रो प्रगति गरी नाफा सहित जारी गरिएका सबै बीमालेखमा दुई विन्दुले वोनस दर बढाइएको र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरिन् । कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएको, शाखा सन्जाल विस्तारमा विशेष ध्यान दिएको र विविध आकर्षक बीमालेखहरू प्रचलनमा ल्याउन प्रयास रहेको अध्यक्षले सभामा उल्लेख गरिन् । साधारणसभाले चुक्ता पूँजीको २.५ प्रतिशत वोनस शेयर जारी गर्ने र हाल कायम रहेको चुक्ता पूँजीमा १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्ने, वोनस शेयर वापतको कर प्रयोजनको लागि रु. ३९५७१५८.५९ नगद लाभांश प्रस्ताव पारित गरेको छ ।