काठमाडाैं - नेपाल वायु सेवा सञ्चालक संघले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सङ्घले आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो ।
सङघले आज एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल चार्ज न्यूनतम एक सय ७० रुपैयाँदेखि अधिकतम आठ सय ४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ ।
नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौं-धनगढी रुटमा आठ सय ४० रुपैयाँले भाडा बढ्ने देखिन्छ ।
बढेको भाडाअनुसार यो रुटमा हवाई यात्रुले अधिकतम रु १६ हजार आठ सय ५ तिर्नुपर्नेछ । सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ७० ले भाडा बढेर जम्मा रु ४ हजार १९५ पुगेको छ ।
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९ १९:३५