विश्वमा प्रविधिको विकाससँगै मानिसको दैनिक जीवनमा धेरै सहज भएको छ । विश्वको कुनै पनि एउटा कुनामा बसेर संसार हेर्न सक्ने प्रविधिको विकास भएको छ । नयाँ-नयाँ आविष्कारहरू भइरहेका छन् । यसले मानिसको समयको बचत भएको छ । प्रविधिको उपयोगबाट मानिसले आफ्ना कामलाई छिटो, छरितो बनाइरहेका छन् । घरमै बसेर कार्यालयको काम गर्न सम्भव भएको छ । यसको भरपूर उपयोग केही समय अगाडिको कोरोना कहरमा विश्वका धेरै देशले गरे । प्रविधिसँगै समयसापेक्ष हु“दा अवश्य पनि मानिसको जीवनमा फाइदा पुगेकै छ ।
तर, प्रविधिले सहज मात्र होइन, मानिसको दैनिकीलाई असहज पनि बनाइरहेको छ । प्रविधिको विकासस“गै अपराधका स्वरुप पनि फेरिएका छन् । प्रविधिको दुरुपयोग गरेर हुने अपराधको शृंखला बढ्दो छ । खासगरी सामाजिक सञ्जालको माध्यमबाट आपराधिक क्रियाकपाल बढिरहेको प्रहरीको तथ्यांकले देखाउँछ ।सामाजिक सञ्जालमार्फत अश्लील सामग्री सम्प्रेषण गरेर डर, धाक धम्की दिने, प्रभावमा पार्ने, ब्ल्याकमेलिङ गर्ने, रकम असुली गर्ने मात्र होइन, सामाजिक सञ्जालमा भएका कुराकान/विवादका कारण हत्यासम्मका घटना हाम्रै नेपालमा पनि भएका छन् ।
बालबालिकालाई सामाजिक सञ्जालको पहुँचमा सहज उपस्थिति दिँदा पनि दुव्र्यवहार र अपराधका घटना बढिरहेका छन् । यौनहिंसा र बलात्कारका घटना पनि भइरहेका छन् । त्यति मात्र होइन, अन्तर्राष्ट्रिय ठगीका घटना पनि भइरहेका छन् । हालै नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकलाई हैरानी दिने र ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकसहित १३ जनालाई पक्राउ गरेको घटनाले पनि यसलाई पुष्टि गर्छ । यसले प्रविधिको दुरुपयोग गरेर नेपाली भूमिबाट यो तहसम्मको अपराध भइरहेको छ भन्ने देखाउँछ ।
प्रहरीको तथ्यांक हेर्दा साइबर अपराधका घटना दिनानुदिन बढ्दा छन् । प्रहरीको भोटाहिटीस्थित साइबर ब्यूरोमा दिनहुँ सामाजिक सञ्जालमार्फत् हैरानी खेपेका, अपराधमा परेका, ठगिएका समस्या लिएर नागरिक पुग्ने गरेका छन् । यसमा खासगरी किशोरकिशोरी र युवायुवती छन् । उनीहरूका नग्न फोटो र भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने तथा अन्य अपराध गर्ने गरेका घटना यत्रत्यत्र देखिन्छ ।
त्यसकारण प्रविधिको दुरुपयोग होइन, सदुपयोग गरौं । बालबालिकालाई आफ्नो निगरानीमा मात्र इन्टरनेट प्रयोग गर्न दिऔं । सामाजिक सञ्जालमा भुल्न नदिऔं । फेसबुक, ट्विटर, इन्स्टाग्राम, टेलिग्रामजस्ता सामाजिक सञ्जालमा उनीहरू के गतिविधि गर्छन् निगरानी गरौं । उनीहरूका आइडीको पासवर्ड आफूसँग राखौं । कुनै समस्या परेको भए वा अस्वाभाविक व्यवहार देखाउने गरे फकाएर त्यसबारे जानकारी लिऔं ।
प्रहरीको सहयोगमा अपराधमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गरौं ।आफ्ना सन्तानलाई साइबर अपराधबारे जानकारी दिऔं । यसो गरिएको खण्डमा प्रविधिको दुरुपयोग गरेर हुने अपराधलाई रोक्न सकिन्छ । साइबर अपराधलाई न्यूनीकरण गर्न सकिन्छ ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९ ११:३८