भन्दैन म सक्छु बदल्न, त्यो सँसारलाई,
न त सक्छु चिर्न एक्लै कालो अन्धकारलाई
त्यै पनि लागेको छु यो महान अभियानमा,
शुन्यतामा झार्नुपर्छ भन्दै भ्रष्टाचारलाई
लुटे अनी लुटाए जसले देशको इज्जत,
पु¥याउनेछु जनता सामु तिनको अत्याचारलाई
गास लुटयो खडेरीले शोषित, पीडित जनताको,
पठाउनुछ दुर्गम गाउँको खवर सरकारलाई
बाचा खा छु बझाउने अशिक्षित जनता माझ,
देश बदल्ने महान शब्द सदाचारलाई ।
– नेम बहादुर शाही
दैलेख
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १६:४७