कपिलवस्तु - दुर्घटना बढेको भन्दै कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले तौलिहवाको गौढी चोक देखि भवानी भिक्षु चोक सम्म रहेको डिभाईडर र सोलार बत्तीको पोल हटाउन निर्देशन दिएका छन ।
गत असार ५ गते गौढी चोकमा बाटो साघुरो हुदा टिप्परको ठक्करबाट भिक्षु चोकका एक जना साईकल यात्रीको मृत्यु भएको थियो ।
सो घटना पछि स्थानीयबासी आक्रोसित बने पछि मेयर युवा मेयर पौडेल, प्रजिअ धर्मेन्द्र मिश्रा, प्रहरी उपरिक्षक दान बहादुर कार्की सडक पुर्वाधार कार्यालय शिवपुरका प्रमुख बिष्णु लामा सहीतको टोलीले सोमवार स्थलगत अनुगमन गरेको थियो ।
टोलीले बाटो क्षेत्रमा अतिक्रम गरेको सबै संरचना र सामान हटाउन निर्देशन गरेका छन ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ ११:२७