काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदी स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहेर प्रतितोला ९७ हजार ७ सय रूपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, यसदिन तेजावी सुन ९७ हजार २ सय रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी स्थिर रहेर प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ ११:३४