एजेन्सी- पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएका छन्।
शनिबार दिउँसो ३स्०० बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको थियो । मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४७० मिलियन युआन (करिब ७०।४ मिलियन अमेरिकी डलर) पुगेको छ।
स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा हुने जनाएको छ ।
वर्षाको प्रभाव बुधबार उत्तर याङ्जीा नदी तर्फ सर्नेछ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ १२:३८