काठमाडौं- रूकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गत वर्षको पुस महिनादेखि उक्त केन्द्रमा औषधि अभाव भएको हो ।
औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै छाडेका छन् । सुरु(सुरुमा आयुर्वेद स्वास्थ उपचारतिर आकर्षित भएका यहाँका नागरिक पछिल्लो समय औषधि पाउन छाडेपछि उपचारबाट वञ्चित भएका हुन् ।
उपचारका लागि स्वास्थ्य केन्द्रसम्म धाउनेलाई अहिले खाली हात फर्काउनुपर्ने अवस्था सिर्जना भएको केन्द्रका प्रमुख डा।गनेश अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले केन्द्रमा ग्यास्टिक र रूघाखोकीको मात्र औषधि उपलब्ध रहेको छ ।
स्वास्थ्य केन्द्रमा हातखुट्टा तथा जोर्नी दुख्ने समस्या भएका बिरामी सबैभन्दा धेरै आउने गरेका छन् । यही समस्यासम्बन्धीको औषधि गत वर्ष पुस महिनादेखि नभएको डा।अधिकारीले बताए ।
औषधि अभाव भएको लामो समयपछि अहिले खरिद प्रक्रिया अघि बढाइएको छ । डा।अधिकारीका अनुसार आवश्यक पर्ने औषधिको खरिद प्रक्रिया अघि बढिसकेका कारण यही असारको अन्तिम सातासम्ममा रुकुमकोट औषधि आइपुग्ने भएको छ ।
सेवा प्रवाह चलिरहेको समयमा आयुर्वेद स्वास्थ्य केन्द्रमा हात, जोर्नी तथा नशासम्बन्धी, पायल्स, फिस्टुला, फिसरको समस्या भएका बिरामी सबैभन्दा धेरै आउने गरेका थिए ।
यस्तै, ग्यास्टिक, श्वासप्रस्वाससम्बन्धी समस्या, महिनावारी गडबड, छाला तथा मुखको समस्या, मधुमेह र रक्तचापका बिरामी पनि आउने गर्दछन् । रूकुमपूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गएको जेठ २६ गतेदेखि सेवा सुरु गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ १३:०६