बेलायत- बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ ।
हडताल समाप्तीको लागि भएको वार्ता असफल भएको बताइएको छ । यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि आफ्नु कामबाट बाहिरिका छन् ।
रेल र लन्डन भूमिगत स्टेशन मङ्गलबार बिहान बन्द, भएपछि मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ ।
लन्डनको बाहिरी भागमा बिहान ०६ बजेपछि बस स्टेशनमा मानिसको भीड पर्खिरहेको थियो । यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गरेको छ
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ १६:४१