हनोई - भियतनाममा पनि छ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । भियतनाममा पेट्रोलियम पदार्थको मूल्य ६ महिनामा १२ पटक वृद्धि भएको छ ।
सन् २०२२ को अहिलेसम्म ६ पटक मूल्य वृद्धि भइसकेको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । विश्व बजारमा पटक पटक निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले आफ्नो देशमा पनि मूल्य वृद्धि गर्नु परेको उनीहरूको भनाई छ ।
उनीहरूका अनुसार यही जुन महिनाको २१ दिनमा मात्रै तीन पटक मूल्य वृद्धि भइसकेको छ। देशको उद्योग तथा व्यापार मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय सम्बन्धित निकायलाई पठाएको छ ।
देशमा अहिले आन्तरिक मागका लागि पाँच देखि सात दिनलाई मात्रै पुग्ने पेट्रोलियम पदार्थ रहेको पनि सरकारी अधिकारीहरूले जनाएका छन् । महङ्गो र अभाव भइरहेको पेट्रोलियम पदार्थको खपत तथा माग घटाउन पनि मूल्य वृद्धि गर्नु परेको सरकारी अधिकारीहरूको भनाई छ ।
पेट्रोलियम पदार्थको मूल्य अझ धेरै हुन नदिन सरकारले वातावरण संरक्षण कर कटौती गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको छ ।
- सिन्ह्वा
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ २०:००