काठमाडाैं - महाराजा रिसोर्टले कुमारी बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने भएको छ । बुटवलस्थित कालिकानगरकाे महाराजा रिसोर्ट प्रा.लिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई प्रदान गरिने सेवाहरुमा समझदारी भई १०% सम्मको विशेष छुट प्रदान गर्ने भएकाे हो ।
सो सम्झौता पत्रमा कुमारी बैंकका बजार प्रमुख नविनमुनि बज्राचार्यले तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका छन् ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै प्रोत्साहन गर्नका निमित्त बैंकले यस सहकार्यमार्फत रिसोर्टका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्था गरेको जनाएको हो ।
यस सम्झौताअनुसार बैंक लिमिटेडका ग्राहकहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ ०७:४७