काबुल- अफगानिस्तानमा बुधबार बिहान ६.१ म्याग्निच्युडको भूकम्पमा परि कम्तिमा २८० जनाको मृत्यु भएको छ भने सयौं व्यक्ति घाइते भएको अधिकारीहरुले बताउका छन् । भूमम्पमा परेर मर्नेको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।
भूकम्प पाकिस्तानी सिमाना नजिक रहेको खोस्ट सहरबाट ४४ किलोमिटर (२७ माइल) टाढा रहेको ठाउँमा गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) ले जनाएको छ।
भूकम्पले अधिकांश छति पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा भएको छ । जहाँ २५५ जनाको मृत्यु भएको थियो र २०० भन्दा बढी घाइते भएको आन्तरिक मन्त्रालयका अधिकारी सलाहुद्दिन अयुबीले बताए ।
खोस्ट प्रान्तमा २५ जनाको मृत्यु भएको र ९० जनालाई अस्पताल लगिएको उनले बताए ।
‘कतिपय गाउँ पहाडका दुर्गम क्षेत्रमा भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ,’ उनले भने, ‘विवरण सङ्कलन गर्न केही समय लाग्ने छ ।
अधिकारीहरूले उद्धार कार्य थालेका छन् र घाइतेहरूलाई पुग्न र स्वास्थ्य सामग्री र खाना लैजान हेलिकप्टर प्रयोग गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ १२:४२