काठमाडौं- निर्वाचन आयोगमा रवि लामिछानेको पार्टीको नाम विरुद्ध उजुरी परेको छ । लामिछानेले मंगलबार घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध उजुरी परेको हो ।
बुधबार निर्वाचन आयोग पुगेर केहि समूहको टोली पुगेर पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी गरेका हो । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई उजुरी दिएर फर्किएको बताईएको छ ।
उनीहरुले दिएको उजुरीका सम्बन्धमा आयोगले अध्ययन तथा छानविन गरेर उचित निर्णय लिने बताएका छन् । प्रवक्ता पौड्यालले भने–‘आयोगमा छ–सात जनाको समूहमा आएका व्यक्तिहरुले निवेदन दिएर जानुभएको छ । उहाँहरुको निवेदनमा के के कुरा छन्, ती कुराहरु प्रचलित निर्वाचन कानुनी व्यवस्था अनुसार छ कि छैन, सो आधारमा दल दर्ता गर्न मिल्छ कि मिल्दैन विभिन्न पक्षबारे आयोगले अध्ययन छलफल गरेर आवश्यक निर्णय गर्छ । सोही आधारमा पार्टी दर्ता हुने कि नहुने भन्ने निश्चित हुन्छ ।’
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ १३:०३