एजेन्सी- ब्रास टेस्ला र स्पेसएक्स सीईओ एलोन मस्को कुल सम्पत्ति आगामी दुई वर्षमा १ ट्रिलियन पुग्ने अनुमान गरिएको छ।
एक सफ्टवेयर कम्पनी टिपल्टी अप्रूभको रिपोर्ट अनुसार मस्क २०२४ सम्ममा विश्वको पहिलो ट्रिलियनियर मोगल बन्न तयार रहेको बताईएको छ । मस्क विश्वको सबैभन्दा धनी व्यक्ति मानिन्छ ।
मस्कको हालको कुल सम्पत्ति २६३ बिलियन डलर हो, उनको आय वृद्धिसँग तुलना गरेर १ ट्रिलियन अंक पार गर्ने भविष्यवाणी गरेको छ।
विश्व बैंकको तथ्याङ्क अनुसार मस्कको कुल सम्पत्ति अहिले १०.७ मिलियन जनसंख्या भएको युरोपेली देश चेक गणतन्त्रको सम्पूर्ण जीडीपी बराबर छ।
यदि मस्क १ ट्रिलियन अंकमा पुग्न सफल भए, उनको सम्पत्ति नेदरल्याण्डको सम्पूर्ण जीडीपीलाई पार गर्नेछ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ १३:२०