काठमाडौं– गत आर्थिक वर्षमा मुलुकभर महिलामाथि एक हजार ३१९ हिंसाका घटना भएका छन् । महिला पुर्नस्थापना केन्द्र (ओरेक)ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन अयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘अन्वेषी’वर्ष पुस्तकअनुसार ११.९८ प्रतिशत (१५८ जना) महिला सामाजिक हिंसाबाट, १०.८४ प्रतिशत (१४३ जना) महिला तथा बालिकामाथि बलात्कार, १.३६ प्रतिशत (१८ जना) माथि बलात्कारको प्रयास तथा ४.७० प्रतिशत (६२ जना) महिलामाथि यौन हिंसा भएको पाइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६ ०८:१४