एजेन्सी- हलिउड अभिनेत्रि एम्बर लौरा हर्डको अनुहार ‘संसारकै सुन्दर अनुहार’ भएको पुष्टि भएको छ। वैज्ञानिक मापदण्ड अनुसार उनको अनुहारका हरेक भाग पर्फेक्ट रहेको दाबी गरेको छ।
एम्बरको आँखा, ओठ र अनुहारको आकार मापन र विश्लेषण गरी बेलायतस्थित कस्मेटिक सर्जनको अध्ययनबाट यो निष्कर्ष निकालिएको हो। पेजसिक्स रिर्पोटका अनुसार , बेलायती कस्मेटिक सर्जन डा. जुलियन डे सिल्भाले एक अध्ययनमा डिजिटल फेसियल म्यापिङ प्रविधिको प्रयोग गरी एम्बरको अनुहार ९१.८५ प्रतिशत पूर्णताको नजिक रहेको पत्ता लगाएका छन् ।
उनले २०१६ मा पनि १.६१८ को ग्रीक गोल्डेन रेसियो अफ ब्युटीको प्रयोग गरी यो अनुसन्धान गरेका थिए जसलाई ‘फी’ भनेर चिनिन्छ। यो रेसियोले अनुहारको हरेक फिचरहरूको सही अनुपातको निर्धारण गर्छ।
उनले एम्बरको २०१६ को रेड कार्पेटको तस्बिर प्रयोग गरी कथित रूपमा उनको अनुहारमा १२ बिन्दुहरूको विश्लेषण गरेका थिए।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९ ११:४२