एजेन्सी- पूर्व मिस ब्राजिल ग्लेसी कोरियाको ब्रेन हेमरेज र टन्सिल निकाल्नको लागि नियमित शल्यक्रियापछि हृदयघातका कारण २७ वर्षको उमेरमा निधन भएको छ ।
इन्डिपेन्डेन्टका अनुसार सन् २०१८ मा मिस युनाइटेड कन्टिनेन्ट्स ब्राजिलको ताज जितेकी कोरियाको सोमबार एक निजी क्लिनिकमा मृत्यु भएको हो ।
उनी विगत दुई महिनादेखि कोमामा थिइन् । उनले आफ्नो टन्सिल हटाउनको लागि शल्यक्रिया गराइन् तर केही दिनपछि उनलाई धेरै रक्तस्राव भएपछि हृदयघात भएर उनको निधन भएको बताइएको छ ।
कोरियाको शव पोस्टमार्टमको लागि मेडिकल परीक्षकमा पठाइएको छ।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९ १२:४०