काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोश’ को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोग कर्ताहरुलाई सहज र सजिलो भएको बताएका छन् ।
आज नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ६४ वार्षि उत्सव समारोहमा बोल्दै मन्त्री आलेले ‘नेपाली बृहत् शब्दकोश’ को मोबाइल एप निर्माण तथा ‘तस्बिरमा नेपाल’ जस्तो कृति प्रकाशन भएपछि स्वदेशी र विदेशी सबै नागरिकलाई नेपाल देखाउन र नेपाल चिनाउन सजिलो भएको बताए ।
उनले भने, “‘नेपाली बृहत् शब्दकोश’ को मोबाइल एप निर्माण तथा ‘तस्बिरमा नेपाल’ जस्तो कृति प्रकाशन नेपाल देखाउन र चिनाउन सहज भएको छ, यो एक दमै राम्रो काम हो ।” महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्राज्ञिक सपना र तत्कालीन राजा महेन्द्रको भाषा, साहित्य र कलाप्रतिको सद्भावका कारण बिसं २०१४ सालमा स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६४ वर्षको यात्रामा थुप्रै साहित्य विकासका काम गर्न सहफल भएको भन्दै मन्त्री आलेले प्रसङसा समेत व्यक्त गरे ।
प्राज्ञिक संस्थाको संरक्षक समेत रहेका मन्त्री आलेले नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना कालदेखि हालसम्म भएका प्राज्ञिक गतिविधिहरुका बारेमा बिगतमा थोरबहुत जानकारी भए पनि पछिल्ला केही वर्षहरुमा यस प्रतिष्ठानले गरेका कामहरूका बारेमा नजिकैबाट हेर्ने, बुुझ्ने र सहकार्य गर्ने मौका पाएको भन्दै खुशी व्यक्त गरे ।
भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र नेपाल प्रज्ञा–प्रतिष्ठानका कार्यक्षेत्रअन्तर्गत पर्ने तथा यस प्रतिष्ठानले आफ्ना ११ वटा विभागका माध्यमबाट विभिन्न गोष्ठी, अनुसन्धान र प्रकाशनका क्षेत्रमा उल्लेखनीय कामहरु गर्दै आएको कुराको स्मरण गर्नु हुँदै मन्त्री आलेले उक्त कार्यमा लाग्नु हुने सबैलाई धन्यवाद दिए ।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९ १७:२९