काठमाडाैं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखारहित बैंकिङ सेवा विस्तार गरेकाे छ ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका तोरीबारीका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा सिटिजन्स बैंक विस्तार गरेको हाे ।
त्रियुगा नगरपालिका- ०७ तोरीबारीमा आषाढ ०६ गतेबाट ९५ ओैँ शाखारहित बैंकिङ सेवा प्राभरम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएकाे छ ।
यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७५ वटा शाखा, १२७ वटा ए.टि.एम. र ९५ वटा शाखारहित बैंकिङबाट करिब १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९ ०७:४५