काठमाडौं - काठमाडौं उपत्यकासहित हाल देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षा भइरहेको छ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १ र बाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने चेतावनी महाशाखाले दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९ ०८:०८