नयाँ दिल्ली - बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका बिहीबार जनाइएको थियो । हाल भारतमा ८८ हजार २८४ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ ।
सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो ।पछिल्लो एक दिनमा तेह्र हजार २९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ४९ हजार ५६ पुगेको छ ।
कोरोना भाइरस निको भएको यो दर ९८.५९ प्रतिशत रहेको छ ।कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० भन्दाबढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ७७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।
यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ९८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९ १६:०८