काठमाडाैं- कामना सेवा विकास बैंक लिमिटेडले १६ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएकाे छ ।
देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सञ्चालन सेवा गरेको हो ।
बैंकले सेवा विस्तार गर्ने क्रममा शुक्रबारबाट कैलाली जिल्लाको जानकी गा.पा. वडा नं. ०५ को अमौरामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । जानकी गा.पा. वडा नं ०५ अमौरा स्थित राम चौधरी तयारी पोसाक उद्योग (प्रो. राम चौधरी) लाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएकाे छ ।
वडा नं. ०५ का वडा अध्यक्ष भिम बहादुर चौधरीले उक्त शाखा रहित बैंकिङ सेवाको समुद्घाटन गरेका हुन् । कार्यक्रममा वडा नं. ०५ का अन्य जनप्रतिनिधिहरु, व्यावसायिक प्रतिनिधि, स्थानीयहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
यस सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९ १९:४०