नेताज्यूलाई नछोऊ पत्रकारलाई नछोऊ
भो पुग्यो अख्तियार ठेकेदारलाई नछोऊ
मरे मर्लान् गरीवका छोराछोरी के भो त
देशमा पहुँचवालाको परिवारलाई नछोऊ
ठूला ठूला माछाले जालै छिन्ने डर हुन्छ
सञ्चारलाई नछोऊ भन्सारलाई नछोऊ
आउदा जाँदा बाटोमा जम्का भेट हुन्छ रे
रिजाउनै पर्ला नि बालुवाटारलाई नछोऊ
– गजल संग्रह बुद्धको देशमाबाट
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १६:५९