चौतारा- मेलम्ची नगरपालिका –११ स्थित फट्टेको अस्थायी पुलमा गए राति आएको बाढीले क्षति पुगेको छ । गतवर्ष बाढीले ठूलो नोक्सान व्यहोरेका मेलम्चीबासी बाढी आएपछि राति सुत्न सकेनन् ।
बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताइन् ।
गत वर्ष बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी ह्युमपाइप हालेर बनाइएको अस्थायी पुलमा बाढीले क्षति पुर्याएको छ । पुलमा क्षति पुगेपछि उक्त अस्थायी पुल बन्द भएको छ ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९ १०:११