रूकुमपूर्व - रूकुमपूर्वमा सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । असार ९ गते आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँसभामा पेश गरेका तीन वटै गाउँपालिकाले १० गते बजेट गाउँसभामा पेश गरेका हुन् ।
सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि ५७ करोड ७६ लाख ४० हजार ४६४ पेश गरेको छ । जसमा संघीय सरकार समानीकरण अनुदान १२ करोड २४ लाख, संघीय सरकार सशर्त अनुदान २२ करोड ९७ लाख, संघीय सरकार राजस्व बाँडफाँट ८ करोड ९८ लाख ४७ हजार रहेको छ ।
संघीय सरकार विशेष अनुदान १ करोड ७० लाख, संघीय सरकार समपूरक अनुदान २ करोड २० लाख, आर्थिक वर्ष २०७८र७९ को बजेट २ करोड १४ लाख ४१ हजार ४ सय ६४ रहेको छ ।
प्रदेश सरकार समानीकरण अनुदान ६६ लाख ६४ हजार, प्रदेश सरकार सशर्त अनुदान १ करोड २० लाख, प्रदेश सरकार विशेष अनुदान ६० लाख, प्रदेश सरकार समपूरक अनुदान १ करोड ५० लाख रहेको छ ।
भूमे गाउँपालिकाले आव २०७९र८० का लागि ५३ करोड ४२ लाख १२ हजार ४५२ बजेट गाउँसभामा पेश गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सविना बुढा मगरले शुक्रबार गाउँसभामा आगामी आवको बजेट पेश गरेका हुन् ।
कूल विनियोजनमध्ये चालुतर्फ ३३ करोड ६ लाख ४० हजार ४३० रहेको छ भने पुँजीगततर्फ १९ करोड ३५ लाख ७२ हजार रहेको छ ।
आन्तरिक राजस्वबाट ७५ लाख ५० हजार २८२, राजस्व बाँडफाँटबाट १० करोड १५ लाख १ हजार ७० तथा गत वर्षको अनुमानित मौज्दात ३ करोड २२ लाख ६७ हजार गरी आन्तरिक आयबाट जम्मा १४ करोड १३ लाख १८ हजार ३५२ बेहोरिने भएको छ ।
यसैगरी वित्तीय समानीकरण अनुदानबाट १२ करोड ९४ लाख ७४ हजार, सशर्त अनुदानबाट २१ करोड १४ लाख र स्थानीय जनसहभागिताबाट ४० लाख स्रोत बेहोरिने पालिकाले जनाएको छ । समपूरक अनुदानबाट २ करोड, विशेष अनुदानबाट १ करोड ६० लाख बेहोरिने भएको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढाले आर्थिक वर्ष २०७९र८० का लागि ५१ करोड २६ लाख ३९ हजार बजेट गाउँसभामा पेश गरेका छन् । जसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान ११ करोड ५५ लाख छ ।
संघीय सरकारको राजस्व बाँडफाँट १० करोड १३ लाख ५५ हजार प्राप्त हुने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशको वित्तीय समानीकरण अनुदान ६३ लाख ४७ हजार, राजस्व बाँडफाँट ६६ लाख ३५ हजार प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाको आन्तरिक स्रोत ५० लाख र गत आवको मौजाद ५० लाख छ ।
यस्तै आर्थिक विकासतर्फ १ करोड ५० लाख अनुमानित बजेट छ । जसमा कृषि र पशुमा ६०/६० लाख र पर्यटनमा ३० लाख रहेको छ । समाजिक विकासतर्फ ७ करोड ६० लाख अनुमानित बजेट छ ।
यसमा शिक्षातर्फ ५ करोड ५० लाख, स्वास्थ्यमा ९० लाख र लैंगिक समानता तथा समाजिक समावेशीकरणमा १ करोड २० लाख रहेको छ । पूर्वाधारतर्फ अनुमानित बजेट ७ करोड ४८ लाख ३९ हजार छ । जसमा प्रदेश सरकार समपूरक अनुदान १ करोड २५ लाख, प्रदेश सरकार समपूरक अनुदान दायित्व १ करोड २५ लाख रहेको छ ।
वन वातावरण तथा विपद् व्यवस्थापनमा अुनमानित बजेट ४० लाख छ । जसमध्येमा फोहरमैला व्यवस्थापन एवम् वृक्षरोपण कार्यक्रममा १० लाख र विपद् व्यवस्थापनमा ३० लाख रकम प्रस्ताव गरिएको छ । तीनवटै पालिकाको गाउँसभामा पेश भएको बजेटमाथि छलफल सुरु गरिएको छ ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९ १४:५१