काबुल– अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी ४० भन्दाबढी लडाकू मारिएका छन् । सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी उनीहरू मारिएका अधिकारीले जनाएका छन् ।
अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार गत २४ घण्टाको अवधिमा भएका कारबाहीमा परी उनीहरू मारिएका छन् । सोमबार बिहानैदेखि सुरक्षा कारबाही भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । देशको दक्षिणी हेलमान्ड प्रान्तमा पर्ने मार्जा जिल्लामा भएको कारबाहीमा परी छ तालिबान लडाकू मारिएका छन् भने लडाकूले प्रयोग गरेको दुई सवारीसाधन जलेका छन् ।
त्यसैगरी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा दुई लडाकू मारिएको अफगानी सुरक्षाकर्मीले जनाएका छन् । लाघमान प्रान्तको अलिशिङ र अलिनागर जिल्लामा भएका छुट्टा छुट्टै सुरक्षा कारबाहीमा अर्को नौ जना मारिएका छन् ।
त्यसैगरी अन्य विभिन्न प्रान्तमा पनि सुरक्षा कारबाही भएको र ती सुरक्षा कारबाहीमा परी फरक फरक सङ्ख्यामा लडाकू मारिएका सैन्य अधिकारीले जनाएका
छन्
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६ ०९:१७