काठमाडौं- साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ छ ।
शुक्रबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ७०० रुपैयाँ थियो ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ ११:३४