ललितपुर- ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाएको छ ।
हैजाको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले एक हप्ताका लागि ठेलामा पानीपुरी बिक्रीमा रोक लगाएको जनाएको छ।
पानीपुरीका लागि प्रयोग हुने पानीमा हैजाको जिवाणु भेटिएको भन्दै पानीपुरी नबेच्न नगर प्रहरीले माइकिङ गरेर जानकारी दिएको छ ।
कसैले ठेलामा पानीपुरी र चटपटे बिक्री गरे कारबाही गरिने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ १२:४३