काठमाडाैं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेञ्चुरीमा हाईब्रिड बचत खाता संचालनमा ल्याएको छ ।
ग्राहकहरुकाे हितलाई ध्यानमा राखेर न्यूनतम एक लाखमा सेञ्चुरी हाईब्रिड बचत खाता खोल्न सकिने गरी सेञ्चुरी बैंकको साे खाता संचालनमा ल्याएको हाे ।
यस खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । यस खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिंग, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ ।
यस खातामा विभिन्न सेवाहरु विना कुनै शर्त खाता संचालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता सम्पूर्ण शाखाहरुबाट खोल्न सकिने बैंकले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ १९:२१