काठमाडाैं - आइएमइ लाइफ इन्स्योरेन्सले बालकिरण जीवन बीमा योजना ल्याएकाे छ।
आइएमइ बालकिरण जीवन बीमा योजना बिमितहरुमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्रि हुने बीमालेख भएको सार्वजनिक गरेको छ ।
इन्स्योरेन्सका अनुसार बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ ।
यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले उक्त विज्ञप्ति मार्फत बताएका छन् ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ २०:०५