काठमाडाैं - नागरिक लगानी कोषले अवकाशमा १.५ प्रतिशत थप प्रतिफल प्रदान गर्ने भएकाे छ ।
लगानी कोषका कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषमा सहभागीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट साे बचत रकममा १.५ प्रतिशत थप प्रतिफल नागरिक लगानी कोषले प्रदान गर्ने आइतबार एक सूचनामा जनाएकाे हाे ।
कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीहरुलाई कोषको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष संचालक समितिको मिति २०७९ असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको जनाएकाे छ ।
काेषका अनुसार २०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुने छ ।
प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको बताएकाे छ ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९ ०८:२८