काठमाडौं- नेपाली बजारमा सोमबार सुन ४ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रूपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार २५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी प्रतितोला १ हजार २४५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९ ११:२५