एजेन्सी- फुटबल खेलाडी जेरार्ड पिकेसँग ब्रेकअपको एक महिनाभन्दा कम समयमै शकिरालाई विवाहको प्रस्ताव आएको छ । पिकेसँग अलग्गिएको खबर सार्वजनिक भएसँगै उनको पिछा गर्ने र विवाहका लागि पत्रसमेत आउन थालेपछि शाकिरा तनावमा परेकी हुन् ।
शकिरालाई बार्सिलोनास्थित घरमा उनलाई फ्यानले आफूसँग विवाहको प्रस्तावसहितको पत्र आएपछि शाकिराका परिवार तथा उनका भाई टोनिनो मेबारकसँग प्रहरीकहाँ पुगेर पत्रका विषयमा जानकारी गराएका छन् ।
यसै महिनाको सुरुमा उनको घर अगाडिको फुटपाथमा ‘तिमीलाई प्रेम गर्छु’ भन्दै ‘अज्ञात’ व्यक्तिले लेखेको पत्र भेटिएको थियो । उनले आफूले शाकिरासँग तुरुन्तै विवाह गर्ने चाहना राखेको समेत लेखिएको थियो ।
‘म तिमीसँग प्रेम गर्छु, । म तिमीलाई लिन आउँदैछु, मेरो मायालु । म अहिले नै तिमीसँग विवाह गर्न तयार छु’, पत्रमा लेखिएको थियो । शाकिरा निकट स्रोतका अनुसार त्यो लेख्ने व्यक्ति एक रुसी नागरिक हुन् । जो शाकिराको पिकेसँग अलग भएको घोषणापछि ऊ शाकिराको घर वरपर पिछा गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९ १३:१४