काठमाडौं– एनसेल प्राईभेट लिमिटेडले आङ्खनो नयाँ योजना ‘रिचार्जमा चमत्कार’को बारेमाजानकारी सार्वजनिकगर्दै एक टिभी कार्यक्रम र आङ्खनो फेसबुक पेज मार्फत पाँच भाग्यशाली कोडहरूको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बरबाहक एनसेल ग्राहकले जनही रु २ लाख नगद पुरस्कार जितेका छन् । आङ्खनो कष्टमर लोयल्टी योजनाअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक ग्राहकले प्रत्येक हप्ता रु २ लाख र प्रत्येक महिना रु १० लाख जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ताको विजेतालाई मंसिर १३ गतेभित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ । एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरूले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरि साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । ग्राहकहरूले रु १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक रु १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् ।